टेक्सस इन्डोर कलेज क्रिकेट च्याम्पियनसिप भोलि (बुधबार) बाट सुरु हुने भएको छ ।

आयोजक आरजी इभेन्ट्स कम्पनिले मंगलबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिता बुधबारबाट सुरु हुने जनाएको छ ।

एक सातासम्म चल्ने प्रतियोगितामा २४ कलेजको सहभागिता रहेको छ । जसलाई ६ समूहमा विभाजन गरिएको छ । हरेक समूहको शीर्ष दुई टिमले अर्को चरणमा स्थान बनाउने छन् ।

प्रतियोगिता गोल्फुटारस्थित गोल्फुटार इन्डोरमा हुनेछ । विजेताले ५१ हजार पुरस्कार पाउने छन् । यस्तै उपविजेताले २५ हजार ५ सय नगद पाउने छन् ।

यस्तै म्यान अफ दि सिरिजले काठमाडौं देखि पोखरासम्म आउने जाने हवाई टिकट पाउने छन् । त्यस्तै उत्कृष्ट बलर र ब्याट्सम्यानले पोखरामा एकतर्फी हवाई टिकट पाउने छन् । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *